मोटर र मोवाईलको मूल्य वृद्धि हुने, मदिरा र चुरोटमा डबल कर लाग्ने

<p>काठमाडौं । सरकारले मोटर, मोवाइल, मदिरा, चुरोटमा चर्को कर वृद्धि गरेको छ । १००० सीसी भन्दा बढीका चारपाङ्गे र १५०सीसी भन्दा बढीका मोटरसाईकलमा लाग्ने अन्तशुल्क वृद्धि भएको छ । मदिरा र चुरोटमा अन्तशुल्क वृद्धि गरिएको छ । त्यस्तै, चुरोट उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाईने भएको छ । सरकारले मोबाइलमा [&hellip;]</p>

काठमाडौं । सरकारले मोटर, मोवाइल, मदिरा, चुरोटमा चर्को कर वृद्धि गरेको छ । १००० सीसी भन्दा बढीका चारपाङ्गे र १५०सीसी भन्दा बढीका मोटरसाईकलमा लाग्ने अन्तशुल्क वृद्धि भएको छ । मदिरा र चुरोटमा अन्तशुल्क वृद्धि गरिएको छ ।

त्यस्तै, चुरोट उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाईने भएको छ । सरकारले मोबाइलमा दिँदै आएको भ्याट सहुलियत खारेज गरेको छ । यसअघि मोवाइलमा लाग्ने भ्याटको १३ प्रतिशत रकम सरकारले फिर्ता गर्दै आएको थियो ।

कर वृद्धिले मोवाईल, मोटर, मदिरा र चुरोटको मूल्य वृद्धिमा उच्च चाप पर्ने भएको छ । निर्माण सामाग्री र मदिराजन्य सामाग्री व्यापार गर्नेहरु सबैले अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने भएको छ । यसले निर्माण सामाग्रीको मूल्य वृद्धिमा सहयोग पुग्न सक्छ ।

पर्फ्यु, चकलेट, पोकाजन्य बस्तु, रेफ्रिजेनेटमा अन्तशुल्क लाग्ने भएको छ । यस्ता सामाग्रीको मूल्य बढ्ने भएको छ ।

शिक्षा र स्वास्थ्य सेवा कर खारेज गरेको छ । त्यस्तै निजी क्षेत्रले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्दै आएको भ्याट खारेज गरिएको छ । सार्वजनिक स्कूलले आयात गर्ने ३० सिटभन्दा ठूला बसमा ७० प्रतिशत भन्सार छुट हुने भएको छ । त्यस्ता बसमा लाग्ने अन्तशुल्क पुरै खारेज गरिएको छ ।

आयका आधारमा सरकारले १०, २० र ३० प्रतिशत आयकर लगाउने भएको छ । वार्षिक २० लाखभन्दा बढी आय हुनेलाई ३० प्रतिशत बाहेक अतिरिक्त २० प्रतिशत कर लगाउने भएका छन् । यसअघि १५ र २५ प्रतिशत कर लाग्दै आएको थियो । १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनेलाई आयकरमा सहुलियत दिने प्रस्ताव सरकारले गरेको छ ।

३० लाखको सट्टा १० लाख सम्मको घर जग्गा कारोबारमा पुँजीगत लाभकर लाग्ने भएको छ । त्यसले घर जग्गाको कारोबारमा मन्दी ल्याउने छ ।

चिया, कफी र दुध उत्पादकलाई लाग्ने आएमा ५० प्रतिशत कर छुट गरिएको छ । सामुदायिक अस्पताललाई आयकरमा २० प्रतिशत छुट गरिएको छ । २५ हजार रुपैयाँसम्मको जीवन बीमा प्रिमियम तिर्दा कर छुट हुनेछ ।

सरकारले उत्पादन मुलक उद्योगलाई प्रवद्र्धन गर्न र सबै व्यवसायलाई कर प्रणालीमा ल्याउने कर नीति लिएको अर्थमन्त्री युवाराज खतिवडाले बताए ।

Share News