चार ठूला शहर आयोजनालाई सानो बजेट

<p>काठमाडौं । सरकारले ठुला शहर आयोजनालाई थोरै बजेट विनियोजन गरेको छ । उपत्यकामा बन्न लागेका ४ ठूला शहरलाई सरकारले नयाँ आर्थिक वर्षका लागि ३५ करोड मात्र विनियोजन गरेको हो । सरकारले ठुलो अयोजनालाई थोरै मात्र बजेट विनियोजन गरेको उपत्यका विकास प्रधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७३ ०७४ मा सो आयोजनालाई [&hellip;]</p>

काठमाडौं । सरकारले ठुला शहर आयोजनालाई थोरै बजेट विनियोजन गरेको छ । उपत्यकामा बन्न लागेका ४ ठूला शहरलाई सरकारले नयाँ आर्थिक वर्षका लागि ३५ करोड मात्र विनियोजन गरेको हो ।

सरकारले ठुलो अयोजनालाई थोरै मात्र बजेट विनियोजन गरेको उपत्यका विकास प्रधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७३ ०७४ मा सो आयोजनालाई १ अर्ब ९६ करोड विनियोजन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७४ ०७५ मा ९६ करोड ७ लाख विनियोजन गरेको थियो ।

व्यवस्थित शहर विकासका लागि सरकारले थोरै बजेटमात्र विनियोजन गरेको प्रधिकरणका प्रवक्ता भाइकाजी तिवारीले बताए । अहिले
यस्तो बन्दैछ उपत्यकामा ४ ठूला शहर काठमाडौं आग्नेय, काठमाडौं नैऋत्य, इभान काठमाडौंको डीपीआर निर्माणको काम धमाधम भैरहेको तिवारीले जानकारी दिए ।

काठमाडौं आग्नेय

भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकबाट सुर्यविनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौं नैऋत्य

१० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।

इशान काठमाडौं

प्राधिकरणले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

काठमाडौं उत्तर

यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।

 

Share News