रामेछापको हस्तकला संघको भवन शिलान्यास

<p>काठमाडौं । नेपाल हस्तकला महासंघको सकृय सदस्य संघ रामेछाप हस्तकला संघको कार्यालय भवनको शिल्यान्यास भएको छ । रामेछापको मन्थलीमा रहेको उक्त संघको उद्घाटन महासंघका अध्यक्ष धर्मराज शाक्यले गरेका हुन् । कार्यक्रममा रामेछाप हस्तकला संघका अध्यक्ष चूडादेवसिंह लामाले भवन निमाणको लागि सोही संघका उपाध्यक्ष सुनिता योन्जनले ६० लाख रुपैयाँ बराबरको करीव ८ आना जग्गा दान दिएको [&hellip;]</p>

काठमाडौं । नेपाल हस्तकला महासंघको सकृय सदस्य संघ रामेछाप हस्तकला संघको कार्यालय भवनको शिल्यान्यास भएको छ । रामेछापको मन्थलीमा रहेको उक्त संघको उद्घाटन महासंघका अध्यक्ष धर्मराज शाक्यले गरेका हुन् ।

कार्यक्रममा रामेछाप हस्तकला संघका अध्यक्ष चूडादेवसिंह लामाले भवन निमाणको लागि सोही संघका उपाध्यक्ष सुनिता योन्जनले ६० लाख रुपैयाँ बराबरको करीव ८ आना जग्गा दान दिएको बताएकी छिन् । साथै, सो जग्गामा संघको कार्यालय भवन निर्माण गर्न थप सहयोग जुटाउन प्रयास भैरहेको उनले बताइन् ।

सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले संघ स्थापना भएको छोटो अवधिमै रामेछाप हस्तकला संघले स्थानीय हस्तकलाको प्रवद्र्धन तथा विकासमा खेलेको महत्वपूर्ण भूमिका प्रति सराहना व्यक्त गर्दे भवन निर्माणको लागि महासंघबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

२०६८ सालमा स्थापना भएको रामेछाप हस्तकला संघले जिल्लाका हस्तकला वस्तुहरुको उत्पादन तथा बजार विकासमा उल्लेखनिय भूमिका खेल्दै आईरहेको छ ।

Share News