भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

काठमाडौं । भिभोले नेपाली बजारमा नयाँ २०० एमपी ट्राभल पोट्रेट फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी७० एफई’ सार्वजनिक गरेको छ । यात्राका विशेष क्षण, साथीभाइसँगका भेटघाट तथा दैनिक जीवनका यादगार पलहरूलाई स्पष्ट रूपमा कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको जनाएको छ ।

स्मार्टफोनको मुख्य आकर्षण २०० एमपी ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहेको छ, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरलाई उत्कृष्ट डिटेलसहित कैद गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यससँगै ३२ एमपी एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्नेछ । अगाडि र पछाडिका दुवै क्यामेरामा उपलब्ध ४के स्टेबल भिडियो रेकर्डिङ सुविधाले उच्च गुणस्तरमा भिडियो खिच्न तथा सहज रूपमा शेयर गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

फोटोग्राफी अनुभवलाई अझ प्रभावकारी बनाउन स्मार्टफोनमा विभिन्न एआई इमेजिङ फिचर समावेश गरिएको छ । एआई म्याजिक ल्याण्डस्केप, सिग्नेचर स्नो टाउन र अरोरा इफेक्टजस्ता फिचरले सामान्य दृश्यलाई पनि सिनेम्याटिक फ्रेममा रूपान्तरण गर्न सक्ने बताइएको छ । साथै, एआई म्याजिक वेदरलगायत अन्य एआई फिचरले तस्वीरलाई सोसल–मिडिया रेडी बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

ओसियन ब्लु र म्युज पर्पल रंगमा उपलब्ध भिभो भी७० एफई आकर्षक तथा प्रिमियम डिजाइनमा सार्वजनिक गरिएको छ । स्मार्टफोनमा रहेको डायनामिक रिङ डिजाइन, १.८६ एमएम पातलो बेजल र ७.५९ एमएम अल्ट्रा–थिन फ्ल्याट स्क्रिनले प्रयोगकर्तालाई इमर्सिभ भ्यूइङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

स्मार्टफोनमा ७००० एमएएच ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज टेक्नोलोजी समावेश गरिएको छ । यसले लामो समयसम्म प्रयोग गर्न सकिने तथा छिटो चार्ज हुने सुविधा दिने बताइएको छ । साथै, १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियोलाई जीवन्त र प्राकृतिक रंगमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

भिभो भी७० एफई दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोर तथा दराज मार्फत खरिद गर्न सकिनेछ ।

कम्पनीले पहिलो एक हजार ग्राहकलाई एङ्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क उपलब्ध गराउने जनाएको छ । साथै, पहिलो दुई हजार ग्राहकका लागि १९९ रुपैयाँमा ‘भिभो सिल्ड प्रोटेक्सन प्लान’ पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत ६ महिनासम्म एकपटक स्क्रिन रिप्लेसमेन्ट र एकपटक वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरूले भिभो भी७० एफईलाई १२ महिनासम्मको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।    

Share News