ग्लोबल आइएमई बैंकका ग्राहकलाई स्टार अस्पतालमा विशेष छुट

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका हुन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका हुन् ।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शाहिल रुपाखेतीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट प्रिभिलेज क्रेडिट कार्ड, डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा सो मात्राको छुट पाउने छन् ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

Share News