नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कामु सीईओमा महेश शर्मा ढकाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) को कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ । 

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका ढकाललाई सञ्चालक समितिको बैठकले कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे हाल ‘स्मार्ट टेलिकम प्रालि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेका छन् । 

अनुसन्धान प्रक्रिया जारी रहेको र बैंकको कार्य सम्पादनमा बाधा भएपछि ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको हो । 

डुबेको ऋण उठाउँदा बैंकका सीईओ फसे
 

Share News