काठमाडौं । बजारमा आएका मोबाईल फोनहरु सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यका साथ सिक्स् सिग्मा ईन्क. प्रा.लि.ले ग्याजेटफ्रेम डट कम नामक वेवसाईट सञ्चालनमा ल्याएको छ । यस साईटमा नेपाली बजारमा पाइने मोबाईल, तिनको मूल्य, फिचर, मोवाइल पसल लगायतसम्पूर्ण जानकारी प्राप्त गर्न सकिने कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले बताए ।
यस साईटमा भएको फोन कम्प्यारिजन, स्टोर, ब्लग, फोन फाईन्डर जस्ता फिचरहरुले गर्दा यो साईट मोबाईल प्रयोगकर्ताका लागि मात्र नभई बिक्रेताहरुका लागि पनि प्रभावकारी हुने उनको भनाई छ ।
झट्ट हेर्दा अन्य साइटहरु जस्तै देखिए पनि यसका बिशेषताहरु बिलकुलै भिन्न रहेको उनको दावी छ । यस साईटमा मोबाईल पसलेहरुले आफ्नो पसलको दर्ता गराई उनीहरुको पसलमा भएका सम्पूर्ण मोबाईलहरुको बिबरण र अफरहरु निशुल्क राख्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा मोबाईल पसलहरुलाई यसरी अनलाईमा दर्ता गराई उनीहरुको सम्पूर्ण बिवरण राख्ने यो पहिलो साईट हो । जसले गर्दा ग्राहकले अनलाईन मानै कुन फोन कुन पसलमा कति मूल्यमा पाईन्छ भनेर हेर्न र अडर गर्न सक्छन् । यस साईटले मोबाईल सम्बन्धि मानिसमा भएका दुबिधालाई हटाउन र बजार बिकेन्द्रिकरणमा मद्दत पुग्ने कम्पनिका सि.ओ.ओ. प्रकृति रेग्मीले बताइन् । ‘फरक मोबाईलहरुलाई एकै पटक तुलना गरेर हेर्न सकिन्छ, समसामयिक बिषयमा लेखिएका ब्लगर रिभ्यूहरु पनि पढ्न सकिन्छ’ उनले भनिन् ।