एनसीसी बैंकको सेयर मूल्य समायोजन, घटेर १८७ रुपैयाँ

<p>काठमाडौं । पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बैंकको सेयर मूल्य २६५ रुपैयाँबाट घटाएर १८७ रुपैयाँ कायम गरेको छ । सेयर कारोबार घटेर प्रतिकित्ता १८२ रुपैयाँमा झरेको छ । बैंकले चुक्तापुँजी बढाउन २ अर्ब ३३ [&hellip;]</p>

काठमाडौं । पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बैंकको सेयर मूल्य २६५ रुपैयाँबाट घटाएर १८७ रुपैयाँ कायम गरेको छ । सेयर कारोबार घटेर प्रतिकित्ता १८२ रुपैयाँमा झरेको छ ।

बैंकले चुक्तापुँजी बढाउन २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन हुने छ ।

Share News