नेशनल र ओरियन्टल इन्स्योरेन्स मर्जरको बाटोमा

<p>काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । भारत सरकारको पुर्ण स्वामित्वमा रहेका ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीको शाखाका रुपमा यी दुबैले नेपालमा बीमा व्यवसाय गर्दै आएका छन् । भारत सरकारले आफ्नो स्वामित्वमा रहेका यी दुईसहित युनाईटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने प्रक्रिया अघि बढाएको छ । प्यारेन्ट [&hellip;]</p>

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । भारत सरकारको पुर्ण स्वामित्वमा रहेका ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीको शाखाका रुपमा यी दुबैले नेपालमा बीमा व्यवसाय गर्दै आएका छन् । भारत सरकारले आफ्नो स्वामित्वमा रहेका यी दुईसहित युनाईटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्यारेन्ट कम्पनीमा मर्जरको प्रक्रियामा जुटेसँगै यी दुबै कम्पनीले नेपालमा पनि मर्जमा जाने तयारी थालेका हुन् । बीमा समितिले तोकेको निर्धारित पुँजीका लागि दुबै कम्पनीले मर्जरमा जाने उल्लेख गरेका छन् । ‘निर्धारित पुँजी पुर्याउनका लागि प्यारेन्ट कम्पनी मर्जमा गएकाले हामी पनि मर्जमै जान्छौं भन्ने निवेदन दिएका छन्’, बीमा समिति श्रोतले भन्यो ।

बीमा समितिले २०७५ असार मसान्त भित्र जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । तर विदेशी कम्पनीको शाखाका रुपमा सेवा प्रवाह गरिरहेका मेट लाइफ, ओरियन्टल र नेशनल इन्स्योरेन्सका लागि भने निर्धारित पुँजीको व्यवस्था गरिएको थियो ।

मेटलाइफले निर्धारित पुँजी पुर्याउनुपर्ने बाध्यताबाट मुक्ति दिन आग्रह गर्दै समितिलाई पत्र लेखेको छ । तर भारतीय कम्पनीको शाखाका रुपमा सेवा दिईरहेका ओरियन्टल र नेशनलले भने मर्जरमा जाने तयारी थालेका हुन् । भारतको केन्द्रिय सरकारले आर्थिक बर्ष २०१७।१८ को बजेट मार्फत ओरियन्टल, नेशनल र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने घोषणा गरेको थियो ।

सरकारको सोही घोषणा अनुसार भारतमा यी ३ वटै कम्पनीहरुले मर्जरको तयारी अघि बढाईसकेका छन् । यी नै कम्पनीका शाखाका रुपमा नेपालमा कार्यरत ओरियन्टल र नेशनलले पनि मर्जमा जाने निधो गरेका हुन् । भारतमा ती कम्पनीहरु मर्ज भएपछि सर्वसाधारणका लागि सेयर(आईपीओ) निष्काशन गर्नेछन् । यी कम्पनीहरुको मर्जरपछि सन २०१८।१९ मा ८ खर्ब भारूको व्यापार अभिवृद्धि गर्ने भारत सरकारको योजना रहेको छ ।

Share News