काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सिजीले कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सिजी टिभी वितरण गरेको छ । कम्पनीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई उक्त टिभी हस्तान्तरण गरेको हो ।
उक्त टिभी सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरेका हुन् । साथै, उनले आगामी दिनहरुमा पनि सिजीका टिभीहरु किन्नका लागि प्रोत्साहन गरेका छन् ।