शिखर शुले ल्यायो ‘बडा शेल’ अफर, ग्राहकलाई ५० प्रतिशतभन्दा बढि छुट

<p>काठमाडौं । शिखर शु कम्पनीले हालै काठमाडौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि &#8216;बडा शेल&#8217; अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० प्रतिशतभन्दा बढि छुट पाउन सक्नेछन् । यो अफर हालको लागि उपत्यकाभित्रका ९ शोरुमहरुमा उपलब्ध रहने छ । जस अन्तर्गत मनकामना शुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, [&hellip;]</p>

काठमाडौं । शिखर शु कम्पनीले हालै काठमाडौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि ‘बडा शेल’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० प्रतिशतभन्दा बढि छुट पाउन सक्नेछन् ।

यो अफर हालको लागि उपत्यकाभित्रका ९ शोरुमहरुमा उपलब्ध रहने छ । जस अन्तर्गत मनकामना शुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँ बसपार्क, कोसेली शुज हाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटा हिटिमा उपलब्ध रहने छ ।

ग्राहकको मागलाई ध्यानमा राखीथप अरु शोरुमहरुमापनिबिस्तार गरिने कुरा कम्पनीले जनाएको छ। लेडिज तथा जेन्स स्यान्डल, पार्टि शु, कलेज÷स्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस् शुहरुमा यो अफर उपलब्ध छ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब ४०० डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

Share News