
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठमेलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।
बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखा विस्तार गरेको हो । बैंकको हालसम्म काठमाडौ उपत्यका भित्र ठमेलल गायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् ।
त्यस्तै, बैंकले कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीमा पनि नयाँ शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।