प्रभु बैंकको मुस्ताङमा थप २ नयाँ शाखा

<p>काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको दुई स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएका लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट ग्राहकहरु प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको दुई स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

आजदेखि सञ्चालनमा आएका लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट ग्राहकहरु प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास गरेको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ पहुच पुगेको छ ।

Share News