बजाजको दशैंतिहार योजना अन्तर्गत फ्रीमा हिमस्टारको ३२ इन्च टिभी पाइने

<p>काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स-परिवार’ रहेको छ । यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका [&hellip;]</p>

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स-परिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामीलाइ विश्वास छ हाम्रा बजाज आरइका ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभी फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’

Share News