
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर शाखोको उद्घाटन जनकपुर उप-महानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
त्यस्तै, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।