पर्सामा मेगा बैंकको दुई शाखारहित बैंकिङ सेवा

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । सखुवाप्रसौनीको उद्घाटन सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैंक नेपाल बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

सखुवाप्रसौनीको उद्घाटन सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैंक नेपाल बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा शुरु गरेका छन् ।

यसैगरी, पर्सागढीमा शाखारहित सेवाको उद्घाटन वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले गरेका हुन् ।

Share News