काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटीएम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।