नेपाल बङ्लादेश बैंकको ७७औं शाखा कन्चनपुरमा

<p>काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले कन्चनपुरको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेव बदायकले गरेका छन् । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले कन्चनपुरको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेव बदायकले गरेका छन् । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यो शाखासहित बैंकले ७७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Share News