युएमले ल्यायो धमाका अफर, बाईक खरिदमा नगद छुटका साथै थाईल्यान्ड घुम्ने अवसर

<p>काठमाडौं । नेपालका लागी युएम बाईकको अधिकारिक विक्रेता आईएमई अटोमोटिभस प्रालीले “युएम बाईकको धमाका अफर” नामक योजना सार्वजनिका गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि उक्त योजना नेपाली बजारमा ल्याएको हो । युएम बाईकको कुनै पनि मोडेलको बाईक खरिदमा ग्राहकहरुलाई ८००० रुपैयाँ सम्मको पक्का छुट र हरेक ३०० सीसीको खरिदमा ग्राहकलाई थाईल्यान्ड टुर [&hellip;]</p>

काठमाडौं । नेपालका लागी युएम बाईकको अधिकारिक विक्रेता आईएमई अटोमोटिभस प्रालीले “युएम बाईकको धमाका अफर” नामक योजना सार्वजनिका गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि उक्त योजना नेपाली बजारमा ल्याएको हो ।

युएम बाईकको कुनै पनि मोडेलको बाईक खरिदमा ग्राहकहरुलाई ८००० रुपैयाँ सम्मको पक्का छुट र हरेक ३०० सीसीको खरिदमा ग्राहकलाई थाईल्यान्ड टुर बम्पर प्राइजमा दिइनेछ् । यो योजनाको अवधि भदौ २६ देखि कार्तिक ३० गतेसम्म रहेको छ ।

भदौ ३१ गतेसम्म हुने नाडा अटो शोमा युएम बाइक पनि सहभागी भएको छ । ग्राहकहरुले युएम बाईक र आईएमई अटोमोटिभसको बारेमा थप जानकारी लिनको लागी नडा शोको स्टल नं. एम२ मा सम्पर्क गर्नसक्ने छन् ।

Share News