भारतमा पनि बैंक मर्जर सुरु, बैंक अफ बरौडा, बिजय र डीना बैंक गाभिने

<p>एजेन्सी । नरेन्द्र मोदी सरकारले सार्वजनिक क्षेत्रका ३ बैंकलाई गाभ्ने भएको छ । बैंक अफ बरौडा, डिना बैंक र विजय बैंकलाई गाभ्न लागेको हो । बैंकिङ क्षेत्रलाई अझ मजवुत बनाउन गाभ्न लागेको हो । भारतको बैंकिङ क्षेत्रमा अत्याधिक खराब कर्जा बढेपछि सरकारले सुधारका लागि गाभ्ने योजना ल्याएको डीएफएस सचिव राजीवकुमारले बताएका छन् । ३ वटा [&hellip;]</p>

एजेन्सी । नरेन्द्र मोदी सरकारले सार्वजनिक क्षेत्रका ३ बैंकलाई गाभ्ने भएको छ । बैंक अफ बरौडा, डिना बैंक र विजय बैंकलाई गाभ्न लागेको हो ।
बैंकिङ क्षेत्रलाई अझ मजवुत बनाउन गाभ्न लागेको हो । भारतको बैंकिङ क्षेत्रमा अत्याधिक खराब कर्जा बढेपछि सरकारले सुधारका लागि गाभ्ने योजना ल्याएको डीएफएस सचिव राजीवकुमारले बताएका छन् ।

३ वटा बैंक एकआपसमा गाभिएपछि भारतको तेस्रो ठुलो बैंक हुने फाइनान्सियल एक्सप्रेसले जनाएको छ । दुई राम्रा र एक कमजोर बैंक गाभिन लागेको भारतका वित्तमन्त्री अरुण जेट्लीले बताएका छन् ।

Share News