सेन्ट्रल एक्स्चेञ्ज काउण्टरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरास्थित सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।

राष्ट्र बैंकका अनुसार परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजतपत्र प्राप्त उक्त कम्पनीले कारोबार बन्द गरी स्वेच्छिक रूपमा इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो । 

सोही निवेदनका आधारमा मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार निर्णय गर्दै इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । 

निर्णयअनुसार उक्त मनिचेञ्जरको इजाजतपत्र खारेज भएसँगै कम्पनीको विदेशी मुद्रा सम्बन्धी कारोबार आधिकारिक रूपमा बन्द भएको राष्ट्र बैंकले जनाएको छ । 

Share News