काठमाडौं । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
उक्त सम्झौतामा एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तीन वर्षसम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।
एचएच बजाजका प्रबन्ध निर्देशक गोल्छाले भने, ‘हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले विभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाैँ, जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ ।”