सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्याे

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ८ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । बुधबार प्रतिकित्ता ३३४ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर बिहीबार झरेर ३१७ रूपैयाँमा कारोबार भएको छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

Share News