समावेशीतालाई मध्यनजर गर्दै राजधानीमा चारदिने राष्ट्र बहस २०७५को आयोजना हुँदै 

<p>काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित साइम कलेजमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रम अवधिमा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहसहरु हुने कार्यक्रम संयोजक पदम रेग्मीले बताएका छन् । नेपाली भाषामा तर्कसंगत बहस वैचाकिर वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत ४ वर्षदेखि निरन्तर रुपमा राष्ट्र [&hellip;]</p>

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित साइम कलेजमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रम अवधिमा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहसहरु हुने कार्यक्रम संयोजक पदम रेग्मीले बताएका छन् । नेपाली भाषामा तर्कसंगत बहस वैचाकिर वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत ४ वर्षदेखि निरन्तर रुपमा राष्ट्र बहस प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतियोगिताको मुख्य लक्ष्य समावेशिताको सिद्धान्त अनुरुप आफ्ना विचारहरु नेपाली भाषामा व्यक्त गर्न सकिने स्थानको निर्माण गर्नु हो । सो प्रतिक्रियामा अधिकतम टोली संख्या ४० हुने २ बहसकर्ताको प्रति टोली रहेको छ नियम रहेको छ । सहभागि समूहलाई कार्तिक ३० गते तालिम दिइनेछ भने मंसीर १ र २ गते समूह चरण छनोट गरिने छ भने मंसीर ३ गते नकआउट चरण हुनुका साथै मंसीर ३ गते नै प्रतियोगिताको फाइनल हुने समेत आयोजक संस्थाले बताएको छ ।
नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र लोकतान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ । बेलायती संसदीय प्रणाली अन्तर्गत प्रत्यक बहस एक घण्टा समयावधिको हुन्छ जसमा चार दुई सदस्यीय टोली हुन्छन्, जसलाई सरकार र प्रतिपक्ष गरि दुई भागमा बाँडिन्छन् र उनिहरुले दिइएको विषयमा क्रमशः पक्ष र प्रतिपक्षमा बहस गर्ने जानकारी दिएका छन् ।

Share News