काठमाडौं । सरकारले चुरे क्षेत्रको संरक्षणका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि एक अर्ब ७४ करोड रुपैंयाँ विनियोजन गरेका हुन् ।
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुरे भावर क्षेत्रमा ११६ वटा पोखरी निर्माण गरेर सो क्षेत्रमा जलाधार संरक्षण गर्ने योजना बनाएको हो ।
हालसम्म राष्ट्रपति चुरे संरक्षण आयोजनाको काममा व्यापक असन्तुष्ठि रहेको आरोप लाग्दै आएको छ ।