सातै प्रदेशले आज साढे दुई खर्बभन्दा बढीको बजेट ल्याउँदै, प्राथमिकतामा ठूला आयोजना

<p>काठमाडौं । आज असार १ गते अर्थात प्रदेश सरकारको दोस्रो बजेट आउने दिन । संवैधानिक व्यवस्था अनुसार आज सातै प्रदेशका सरकारले आगामी आव २०७६\७७ को लागि बजेट ल्याउन लागेका हुन् । सातै प्रदेशले कुल साढे दुई खर्बको बजेट ल्याउने तयारी गरेका छन् । सातै प्रदेशमध्ये सबैभन्दा बढी बजेट प्रदेश ३ को रहेको छ भने सबैभन्दा कम [&hellip;]</p>

काठमाडौं । आज असार १ गते अर्थात प्रदेश सरकारको दोस्रो बजेट आउने दिन । संवैधानिक व्यवस्था अनुसार आज सातै प्रदेशका सरकारले आगामी आव २०७६\७७ को लागि बजेट ल्याउन लागेका हुन् ।

सातै प्रदेशले कुल साढे दुई खर्बको बजेट ल्याउने तयारी गरेका छन् । सातै प्रदेशमध्ये सबैभन्दा बढी बजेट प्रदेश ३ को रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशले बजेट ल्याउने अनुमान गरिएकोछ ।

यी दुई प्रदेशमध्ये प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउन लागेको उक्त प्रदेशका योजना आयोग सदस्य श्याम बस्नेतले जानकारी दिए । सुदूरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउन लागेको छ । सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो सदनमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश १ ले ४० अर्ब, प्रदेश २ र ५ ले ३५ अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब र कर्णाली प्रदेशले ३३ अर्ब बजेट ल्याउन लागेका छन् । सबै प्रदेशको प्राथमिकतामा साना आयोजनाभन्दा पनि ठूला आयोेजना परेका छन् । जलस्रोत, पूर्वाधार, कृषि, पर्यटनका साथैसडक, खानेपानी र उद्यमशीलतालगयातका सामाजि र आर्थिक क्षेत्रलाई समेट्ने गरी प्रदेश सरकारले बजेट ल्याउन लागेको छ ।

संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीलाई समेत स्रोतको आधार मानेर बजेट बनाएका छन् । । प्रदेशको आन्तरिक राजस्व र आन्तरिक ऋणलाई समेत आधार स्रोतको आधार मानेको छ ।

संघीय सरकारबाट प्रदेश सरकारलाई वित्तीय समानीकरण र सशर्त अनुदान गरी आगामी आवमा ९९ अर्ब ८४ करोड वित्तीय हस्तान्तरण गर्दैछ । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतवार अपराह्न ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तालिका रहेको बताएका छन् । प्रदेश–५ का मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले करिब ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए ।

यो पनि पढ्नुहोस्

नयाँ आवमा प्रदेशका याेजना : विद्युतीय सवारीदेखि हवाईजहाज सञ्चालनसम्म

Share News