हिमालयन बैंककाे लाभांश गत वर्षभन्दा ३९ प्रतिशतले बढी, सेयर मूल्य ४५० रूपैयाँ

<p>काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । यस वर्ष बैंकले गत वर्षकाे तुलनामा विन्दुगत आधारमा ६.२२ र प्रतिशतका आधारमा ३९.४१ प्रतिशतले बढी लाभांश दिन लागेकाे हाे । गत वर्ष बैंकले १५.७८ [&hellip;]</p>

काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

यस वर्ष बैंकले गत वर्षकाे तुलनामा विन्दुगत आधारमा ६.२२ र प्रतिशतका आधारमा ३९.४१ प्रतिशतले बढी लाभांश दिन लागेकाे हाे । गत वर्ष बैंकले १५.७८ प्रतिशत लाभांश दिएको थियो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। हाल बैंककाे सेयर प्रतिकित्ता ४५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

हाल बैंकको शेयर पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकले दुई अर्व ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ १८८.७६ रुपैयाँ छ।

Share News