काठमाडौं । डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गरेको छ । आगामी माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रायोजक डिशहोमले गरेको हो ।
नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा जम्मा ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् ।
नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते हुने भएको छ ।