यातायातमन्त्री नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाले

<p>काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। साेमबार उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा ७० करोडको ‘कमिसन डिल’ गरेको आरोप लागेपछि बाँस्कोटाले राजीनामा दिएसँगै रिक्त मन्त्रालयमा नेम्वाङलाई जिम्मेवारी तोकिएको थियो।</p>

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

साेमबार उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा ७० करोडको ‘कमिसन डिल’ गरेको आरोप लागेपछि बाँस्कोटाले राजीनामा दिएसँगै रिक्त मन्त्रालयमा नेम्वाङलाई जिम्मेवारी तोकिएको थियो।

Share News