हामी छिट्टै माथि उठ्नेछौं, त्यही अनुसारको बजेट तयार पारेको छुः अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देश अब छिट्टै नै माथि उठ्ने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । नेपालले विभिन्न समयमा भोग्नु परेको जोखिमलाई सहज तरिकाले सामना गरेको बताउँदै उनले कोरोना भाइरसको महामारीबाट पनि चाँडै माथि उठ्ने उनले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देश अब छिट्टै नै माथि उठ्ने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालले विभिन्न समयमा भोग्नु परेको जोखिमलाई सहज तरिकाले सामना गरेको बताउँदै उनले कोरोना भाइरसको महामारीबाट पनि चाँडै माथि उठ्ने उनले बताए ।

‘अर्थतन्त्रको पुर्नत्थान र रोजगारी सिर्जना गर्ने बजेट तयार पारेको छु, यसले हामी छिट्टै माथि उठ्छौं भन्ने विश्वास लिएको छु, उनले भने ।

Share News