काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्न लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट पेश गरिरहेका छन् ।
उनले बजेट सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको कारण विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताए ।