काठमाडाैंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने

<p>काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने बताएका छन् । उनले  कलंकी–कोटेश्वरमा ३ वटा फलाई ओभर बनाउने बताएका छन् । तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए । उनले काठमाडाैं-नाैविस सुरङमार्ग निर्माण गरिने, काठमाण्डौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने बताएका छन् ।

उनले  कलंकी–कोटेश्वरमा ३ वटा फलाई ओभर बनाउने बताएका छन् । तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए ।

उनले काठमाडाैं-नाैविस सुरङमार्ग निर्माण गरिने, काठमाण्डौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग निर्माण गरिने बताए । विभिन्न क्षेत्रकाे सुरूङ मार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

Share News