काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुके मूल्य बढेको भन्दै महासंघको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
महासंघका अध्यक्ष रवि सिँहले एक विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल कालोबजारी गर्नेलाइई नियन्त्रणमा लिन तथा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेका छन् ।’
नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न सरकारसंग आग्रह गरेको छ। महासंघले निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मूल्य बढाएको भन्दै रोक्न माग गरेको हो।
‘प्रतिकूल अवस्थाको फाइदा उठाउँदै निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गरिएको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले भनेको छ, ‘बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको छ।
त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ। विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।