काठमाडौं । बुधबार (मंसिर १० गते) एनआईसी एशिया बैंको सेयर मूल्य समायोजन भएको छ । बैंकको १९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो ।
यससँगै बुधबारको बजारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ५८६ रुपैयाँदेखि शुरु हुने छ ।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश(१९ प्रतिशत बोनस र १ प्रतिशत नगद) वितरण गर्ने निर्णय गरेको थियो । यससँगै मंसिर ९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त बाेनस पाउने भएका छन् ।