काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/०८९ को समपुरक र विशेष अनुदानका लागि प्रस्ताव आव्शान गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानका लागि प्रस्ताव आव्हान गरेको हो ।
आयोगले प्रदेश र स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम तथा आयोजनाको प्रस्ताव माग गरेको हो । सो अनुदानका लागि पुस मसान्तभित्र यस्ता आयोजना तथा कार्यक्रमको प्रस्ताव पठाइसक्नु पर्नेछ ।
नेपाल सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न दिने रकम नै समपुरक अनुदान हो ।
समपुरक अनुदानका लागि आर्थिक क्षेत्र, कृषि, भूमिसुधार तथा वन क्षेत्र र पूर्वाधार क्षेत्रमा बजेटरकार्यक्रमरआयोजना माग गर्न सकिने प्रावधान रहेको छ । यसबाहेक सामाजिक क्षेत्र, सुशासनका क्षेत्रमा पनि आयोजना प्रस्ताव गर्न सकिन्छ ।
पर्यटन पूर्वाधाररकार्यक्रम, कृषि भण्डार, शीतगृह, नविनतम प्रविधिको प्रयोग गरी कार्यानवयन गरिने सिंचाई तथा नदी नियन्त्रणका लागि समेत आयोजना माग गर्न सकिन्छ । ग्रामिण क्षेत्रमा एकिकृत बस्ती विकासका लागि नमुना आवास योजना, मझौला तथा ठूला पुल, सडक, उर्जा क्षेत्रमा समेत समपुरक अनुदानका कार्यक्रम माग गर्न सकिने गरी प्रस्ताव आहृवान भएको छ ।
आयोजना माग गर्दा प्रदेशमा १० करोड, स्थानीय तहमा अधिकतम १० करोड र न्यूनतम ५० लाख रुपैयाँ लागतको सीमा भित्र रहेर माग गर्नुपर्ने भएको छ ।