काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहेको थियो ।