बोनसपछि मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज सोमबार मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९ रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३४१ रुपैयाँदेखि शुरु हुने छ । विकास [&hellip;]</p>

काठमाडौं । आज सोमबार मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९ रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३४१ रुपैयाँदेखि शुरु हुने छ ।

विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, चुक्ता पुँजी पाैने ५ अर्ब नाघ्ने

Share News