काठमाडौं । आज मंगलबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४२१ रुपैयाँदेखि शुरु हुने छ ।
सम्बन्धित समाचार
सिद्धार्थ बैंकको लाभांश घोषणा, बढायो बोनसदर