अपि पावरकाे ४ मेगावट क्षमताको सोलार निर्माण अन्तिम चरणमा

<p>काठमाडाैं । अपि पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावटकाे चन्द्रनिगापूर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । कम्पनीले यो आयोजना ६ महिनाभित्र निर्माण गरी नेपालको सबैभन्दा छिटो सोलार आयोजना सम्पन्न गर्ने अर्काे किर्तिमान राख्न लागेको छ । कम्पनीले १२ बिघा जमिनमा ४५० वाट पिकका ११११२ प्यानल राखि आयोजना संचालनमा ल्याउने भएको छ । [&hellip;]</p>

काठमाडाैं । अपि पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावटकाे चन्द्रनिगापूर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । कम्पनीले यो आयोजना ६ महिनाभित्र निर्माण गरी नेपालको सबैभन्दा छिटो सोलार आयोजना सम्पन्न गर्ने अर्काे किर्तिमान राख्न लागेको छ ।

कम्पनीले १२ बिघा जमिनमा ४५० वाट पिकका ११११२ प्यानल राखि आयोजना संचालनमा ल्याउने भएको छ । कम्पनीद्वारा उत्पादित विद्युत शक्ति ३ किलोमिटर लामो ३३ के.भि ट्रान्समिसन लाईनबाट चन्द्रनिगापूर सवस्टेशनमा लागि जडान गरिनेछ ।

यो आयोजनाबाट २ नं प्रदेशलाई थप उर्जा प्राप्त भई सो क्षेत्रको उद्योग एवं कलकारखानाहरुलाई थप सहयोग मिल्ने कम्पनीले जनाएकाे छ । कम्पनीले आगामी वैशाख महिन भित्रै आयोजनाको व्यापारिक उत्पादन गर्ने जनाएको छ ।

यस्तै कम्पनीले दोस्रो चरणको सोलार आयोजनाहरुमा १ मेगावट ढल्केवर र १ मेगावाट सिमराको निर्माण कार्य समेत २०७८ साल वैशाख १ गतेबाट नै शूरु गर्ने जनाएको छ ।

Share News