गौतमबुद्ध रङ्गशालालाई ललितपुर महानगरपालिद्वारा २० लाख सहयाेग

<p>काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । फाउण्डेसनका अध्यक्ष धुर्मुसले महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय [&hellip;]</p>

काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

फाउण्डेसनका अध्यक्ष धुर्मुसले महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष उनले बताए ।

उनले यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको जानकारी दिए ।

Share News