काठमाडौं । अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले एक खर्बमाथि पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोभिड १९ प्रभावित व्यवसायी अनुसार थप लगानी गर्न कार्यधि संशोधन गरिएको बताइएको हो ।
हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले केन्द्रीय बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्नेछ ।
ग्राहक ऋणीअनुसार ४२ अर्ब ५० करोड लगानी गर्नसक्नेमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको बताइएको छ ।
राष्ट्र बैंकले शंसोधन गरेको पुनरकर्जा कार्यविधिमा इजाजत पत्र प्राप्त संस्थाले पुनरकर्जाको आवेदन पेश गर्दा ग्राहक ऋणीको कर्जा वर्गिकरण, कर्जा प्रवाह मिति, कर्जा भुक्तान मिति र कर्जाको व्याजदर स्पष्ट रुपमा खुलाउनुको अतिरिक्त कुन प्रकारको पुनरकर्जाको लागि आवेदन पेश गरेको हो सो व्यहोरा स्पष्ट रुपमा किटान गरी पेश गरे पुनरकर्जा दिन सक्ने उल्लेख गरेको छ ।
[pdf id=262858]