४३ ग्रेडको ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट नेपालकै पहिलो कम्पनी

<p>काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र कम्पनी बन्न सफल भएको छ । शिवम् सिमेन्टले भर्खरै ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र कम्पनी बन्न सफल भएको छ । शिवम् सिमेन्टले भर्खरै ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।

हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट यो सँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो ।

हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै एनएस–५७२ प्रमाणिकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एकमात्र कम्पनी बनेकाे हाे ।

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए ।

नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न एनएस–५७२ प्रमाणिकरण अनिवार्य गर्नुपर्ने छ । यसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्नेछ ।

Share News