मनकामना केबलकार तीन चरणमा स्तरोन्नती गरिँदै, दुई वर्षभित्र अत्याधुनिक प्रविधियुक्त बन्ने

<p>काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नती गर्दै जाने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो ।

लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नती गर्दै जाने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने छ र दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने योजना रहेको छ ।

र, अन्तिम चणमा हाल ‘एनालग सिस्टम’ बाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकट केबललाई ‘सेट्रा’ मा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

यससँगै उक्त तीन चरणममा कार्य गर्न करीब दुई वर्ष लाग्ने र आगामी पच्चिसौँ वार्षिक उत्सवमा नयाँ प्रविधिबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।

साथै, उक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुन जाने यात्रु तथा भक्तजनलाई जानकारी गराएको छ। सो अवधिभर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत सञ्चालन हुने पनि कम्पनीले जनाएको छ।

Share News