गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

<p>काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री विश्रद्ध अविश्वाको प्रस्ताव दर्ता भएको छ । बिहीबार नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । चार पार्टीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउँने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री विश्रद्ध अविश्वाको प्रस्ताव दर्ता भएको छ । बिहीबार नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

चार पार्टीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउँने प्रस्ताव गरेका छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ ।

सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी हुँदैछ भन्ने जानकारी पछि प्रदेश सरकारले बुधबार राती १२ बजेदेखि सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र रातारात पठाएर अन्त्य गरिएको थियो ।

गुरुङ नेतृत्वको सरकार बिरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवस्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । चारदलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि उनी अल्पमतमा परेका हुन् ।

अंक गणितीय हिसाबले अहिले मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा परेपछि उनले चालु संसद अधिवेशन अन्त्य गरेर सरकारको आयु केही दिन लम्याएका छन् । प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद मात्र छन् ।

Share News