गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा दीपक मनाङे

<p>काठमाडौं । गण्डकी सरकारको युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ अर्थात दीपक मनाङे नियुक्त भएका छन् । मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङ मन्त्रिमा नियुक्त भएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्ता गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन्। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो। अदालतले नेकपाको एकता भंग गरी [&hellip;]</p>

काठमाडौं । गण्डकी सरकारको युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ अर्थात दीपक मनाङे नियुक्त भएका छन् ।
मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङ मन्त्रिमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्ता गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन्। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।

अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी दुवै पार्टीमा लागेका थिएनन्। गुरुङ बुधबारको प्रदेश सभा बैठकमा लामो समय अनुपस्थित भएका थिए।

उनीसँगै सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमविक्रम शाही भने अस्पतालमा भेटिएका थिए। उनलाई कोरोना संक्रमण भएको भनिएको छ।

गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

Share News