४९ प्रतिशत बोनसपछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ [&hellip;]</p>

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै शुरु हुने छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । हिजो अर्थात बैशाख २२ गते मात्रै कम्पनीको बजार पुँजीकरण ४ अर्ब २७ करोड रुपैयाँ थियो ।

सम्बन्धित समाचार

जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी

Share News