काठमाडौं । सरकारले आगामी वर्षको बजेटमार्फत् कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।