अब बैंक तथा वित्तीय संस्थाकाे ‘बिग मर्जर’लाई मात्र लाभकर छुट दिइने

<p>काठमाडौं । सरकारले अब बिग मर्जर गर्ने बैंक तथा वित्तीय संस्थालाई मात्रै पूँजीगत लाभकर छुट दिइने भएको छ । हालसम्म जुनसुकै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन भए पनि सो छुट पाउँदै आएकोमा अब भने बिग मर्जरलाई मात्रै सो करको छुट उपलब्ध हुने भएको हो । अर्थमन्त्री बिष्णु पौडेलले बजेटका लागि ल्याएको अध्यादेशमा उल्लेख [&hellip;]</p>

काठमाडौं । सरकारले अब बिग मर्जर गर्ने बैंक तथा वित्तीय संस्थालाई मात्रै पूँजीगत लाभकर छुट दिइने भएको छ । हालसम्म जुनसुकै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन भए पनि सो छुट पाउँदै आएकोमा अब भने बिग मर्जरलाई मात्रै सो करको छुट उपलब्ध हुने भएको हो ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटका लागि ल्याएको अध्यादेशमा उल्लेख गरिए अनुसार अब वाणिज्य ठूला बैंक् मर्जर भए मात्रै सो कर छुट पाइने भएको हो ।

हालसम्म सो पुूजीगत कर छुट पाउनकै लागि पनि ठूला बैंकले वित्तीय संस्था तथा लघुवित्तलाई एक्वाएर गर्ने परिपाटी चल्दै आएको थियो ।

Share News