काठमाडौं । गण्डाकी प्रदेश सरकारले स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा ६ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आव २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा बताएका हुन ।
उनले ६५ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न, ‘स्वास्थ्य बीमा, सरकारको जिम्मा’ कार्यक्रम सञ्चालन गरिने बताएका हुन । यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश अन्तर्गतका सबै स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने बताएका छन् ।
सुत्केरी हुन नसकेर समस्यामा परेका दुर्गम क्षेत्रका महिलालाई एयर लिफ्टिङमार्फत् सुविधा सम्पन्न अस्पता लगिने कार्यक्रम पनि बजेटमा समेटिएको छ । बहुक्षेत्रीय पोषण सेवा कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।