गण्डकी प्रदेशका मन्त्रीहरुकाे सम्पत्ति विवरण सार्वजनिक, सबैभन्दा बढी कसकाे ?

<p>काठमाडाैं । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा बढी धन आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापासँग देखिएकाे छ । मन्त्री थापासँग ६ वटा घर, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा, १ [&hellip;]</p>

काठमाडाैं । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा बढी धन आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापासँग देखिएकाे छ ।

मन्त्री थापासँग ६ वटा घर, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा, १ करोड ५ लाख पर्ने दुईवटा गाडी, ३ थान राेलेक्स र कार्टियर घडी रहेकाे छ । उनले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको विवरणमा देखिएकाे छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा दुई वटा घर, १ किलो १९ तोला सुन, १५ लाख रुपैयाँ र विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ७ करोड रुपैयाँ बचत रहेकाे विवरणमा उल्लेख छ । उनले बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको बागलुङमा २ ठाउँमा जग्गा, १ घर, २५ तोला सुन, १ किलो चाँदी र ८० लाख रुपैयाँभन्दा बढी रकमको शेयर रहेकाे छ ।

भैतिक पूर्वाधार मन्त्री कुमार खड्काकाे विभिन्न बैंक तथा वित्तीय संस्थामा १ करोड ३३ हजार रुपैयाँ बचत, १ घर, श्रीमतीको नाममा ४२ लाखको गाडी रहेकाे छ । यस्तै उनले ८५ लाख रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग १ घर, तनहुँको ३ ठाउँमा जग्गा, काठमाडौंको साङ्लामा १५ लाख ऋण लिएर किनेको जग्गा, ५ तोला सुन र ५ लाख रुपैयाँ वचत रकम रहेकाे छ । उनले २५ लाख रुपैयाँ ऋण लिएका देखिएकाे छ ।

अर्थमन्त्री रामजी बरालसँग १ रोपनी ४ आना जग्गा, ४७ लाख रुपैयाँमा अर्को जग्गा, ४ तोला सुन र ३ लाख रुपैयाँ बचत देखिएकाे छ । विवरणमा उनले १ करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीसँग १ लाख ५३ हजार वर्गमिटर जग्गा, ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापासँग २ वटा घर, ३० तोला सुन र २० तोला चाँदी, छ राेपनी जग्गा रहेकाे छ ।

जनता समाजवादीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यसँग ८ ताेला सुन, ५ तोला चाँदी, ५० हजार बचत र ५० लाख ऋण रहेकाे छ ।

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

युवा तथा खेलकुद मन्त्री दीपक मनाङे र माओवादीका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।

 

 

Share News